२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

कार र मोटरसाइकल ठोक्किदा युवकको मृत्यु

कार र मोटरसाइकल ठोक्किदा युवकको मृत्यु

शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • झापा– बिर्तामोड नगरपालिका–४ कञ्चनजंघा स्कुलनजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
    बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए ।
    पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
    खड्काका अनुसार, मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन् । 
    उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
    कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend