२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

विश्व बजारमा तेलको मूल्य उथलपुथलको खतरा

विश्व बजारमा तेलको मूल्य उथलपुथलको खतरा

आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • संयुक्त अरब इमिरेट्स यूएई को मिना साकर नजिकै एक व्यापारिक जहाजमाथि अज्ञात वस्तुले ठक्कर दिएपछि विश्वकै व्यस्त सामुद्रिक मार्गमा सुरक्षा चुनौती थपिएको छ। इरान र यूएईबीच बढ्दो सैन्य तनावबीच भएको यस आक्रमणले खाडी क्षेत्रबाट हुने कच्चा तेलको आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्न सक्ने देखिएको छ।
    बेलायती सामुद्रिक सुरक्षा निकाय ‘यूकेएमटीओ’ का अनुसार आइतबार उक्त क्षेत्रमा अज्ञात ड्रोन वा मिसाइलको उपस्थिति देखिएको केही समयमै जहाजमा ठूलो विष्फोट भएको थियो। रोयटर्स र एएफपीका अनुसार यो आक्रमण इरानले यूएई लक्षित गरी चलाएको पछिल्लो हवाई अभियानकै एउटा हिस्सा हो।

    विश्व बजारमा तेलको मूल्य उथलपुथलको खतरा
    रोयटर्सले यो विशेष जहाज ुखानीजन्य सामग्री वा अन्य सामानु बोक्ने बल्क क्यारियर वा कन्टेनर जहाज हुन सक्ने भनेको छ। जहाजले ुकच्चा तेलु नै बोकेको थियो भन्ने कुरा खुलेको छैन। जहाज आफैं तेल ट्याङ्कर नभए पनि, आक्रमण भएको स्थान मिना साकर र हर्मुज जलडमरू बीचको  क्षेत्र हो। यो विश्वकै सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग हो।
    यहाँ एउटा मात्र व्यापारिक जहाजमाथि आक्रमण हुँदा पनि बीमा कम्पनीहरूले ुरिस्क प्रिमियमु बढाउँछन्। अन्य तेल ट्याङ्करहरूले मार्ग परिवर्तन गर्नुपर्ने हुन्छ, जसले गर्दा विश्व बजारमा तेलको मूल्य र आपूर्तिमा सिधै असर पर्छ। आक्रमणबाट जहाजको संरचनामा केही क्षति पुगे पनि यो डुबेको छैन।
    विष्फोटबाट जहाजको बाहिरी संरचनामा क्षति पुगे पनि चालक दलका सबै सदस्य सुरक्षित रहेको र जहाजलाई अहिले नजिकैको सुरक्षित बन्दरगाह तर्फ लगिएको छ।
    इरानले यूएईका विभिन्न स्थानमा ५ सयभन्दा बढी ड्रोन र मिसाइल प्रहार गरिरहेको सन्दर्भमा व्यापारिक जहाजलाई निशाना बनाइनुलाई ‘समुद्री मार्ग अवरुद्ध गर्ने चेतावनी’ का रूपमा हेरिएको छ। 
    यस घटनापछि अन्तर्राष्ट्रिय सामुद्रिक सुरक्षा एजेन्सीहरूले उक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। यसको प्रत्यक्ष असर विश्व बजारमा कच्चा तेलको आपूर्ति र ढुवानी खर्चमा पर्न सक्ने देखिएको छ। ूअहिलेको मुख्य प्राथमिकता चालक दलको सुरक्षा र थप क्षति रोक्नु हो,ू युएइको सुरक्षा निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ूहामी यस आक्रमणको प्रकृति र प्रयोग गरिएको हतियारबारे थप अनुसन्धान गरिरहेका छौँ।ू

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend