काठमाडौं- साउदी अरबको राजधानी रियादको कूटनीतिक क्षेत्रमा ड्रोन आक्रमण गरी विष्फोट गराइएको छ ।
समाचार संस्था रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार, सोही क्षेत्रमा अवस्थित अमेरिकी दूतावासमा आगलागी भएको छ । साउदी अरबको रक्षा मन्त्रालयले प्रारम्भिक अनुमानका आधारमा रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ ।
सामाजिक सञ्जाल एक्समा साझा गरिएको एक विज्ञप्तिमा, दूतावासले यस आक्रमणबाट भवनमा सामान्य आगलागी र सामान्य भौतिक क्षति भएको बताएको छ । साउदी अरबका लागि अमेरिकी मिसनले जेद्दा, रियाद र धाहरानका लागि ‘सेल्टर इन प्लेस’ सूचना जारी गरेको छ । यस क्षेत्रका कुनै पनि सैन्य प्रतिष्ठानहरूमा गरिने अनावश्यक यात्रामा प्रतिबन्ध लगाइने दूतावासले जनाएको छ । बीबीसी