२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण नगर्न आग्रह

पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण नगर्न आग्रह

मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । 
    पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधरणलाई निगमले आग्रह गरेको हो ।
    निगमले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ । 
    इन्धन नियमित आयात भइरहेको र चुनावभर नियमित हुने पनि निगमले प्रस्ट पारेको छ । 
    सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमको आग्रह छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend