२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

इरानले गर्‍यो होर्मुज समुद्री जलमार्ग बन्द, यो मार्ग भएर जाने जहाज नष्ट गर्ने चेतावनी

इरानले गर्‍यो होर्मुज समुद्री जलमार्ग बन्द, यो मार्ग भएर जाने जहाज नष्ट गर्ने चेतावनी

मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • काठमाडौं-इरानले होर्मुज समुद्री जलमार्ग अहिले बन्द गरिएको दाबी गरेको छ । इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएको छ ।
    एक इरानी अधिकारीले होर्मुज समुद्री जलमार्ग भएर जाने प्रयास गर्ने जोसुकैलाई इरानले आगो लगाइदिने बताएका छन् ।
    इरानी राज्य टेलिभिजनमा बोल्दै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आईआरजीसी०का कमान्डर–इन–चिफका सल्लाहकार इब्राहिम जब्बारीले यस्तो चेतावनी दिएका हुन् ।
    “होर्मुज समुद्री जलमार्ग बन्द गरिएको छ । यदि, कसैले पार गर्ने प्रयास गरेमा, रिभोलुसनरी गार्डका वीरहरू र नियमित नौसेनाले ती जहाजहरूलाई जलाएर भष्म पारिदिनेछन्,” अर्धसैनिक बलका कमान्डर–इन–चिफका वरिष्ठ सल्लाहकार इब्राहिम जब्बारीले भने ।
    उनले उक्त जलमार्ग बन्द गरिएको उल्लेख गर्दै जहाजहरूलाई चेतावनी दिँदै भने, “उनीहरू यस क्षेत्रमा आउनु हुँदैन । उनीहरूले निश्चित रूपमा हामीबाट गम्भीर प्रतिक्रियाको सामना गर्नेछन् ।”
    जब्बारीले अमेरिकीहरू यस क्षेत्रको तेलका लागि प्यासी रहेको आरोप लगाउँदै इरानले यस क्षेत्रमा रहेका उनीहरूका पाइपलाइनहरूमा प्रहार गर्ने र यस क्षेत्रबाट तेल निर्यात हुन नदिने समेत बताएका छन् ।
    होर्मुज जलमार्ग विश्वकै सबैभन्दा महत्वपूर्ण ढुवानी मार्गहरूमध्ये एक र तेल पारवहनको प्रमुख केन्द्र हो । विश्वको करिब पाँच भागमध्ये एक भाग तेल र ग्यास यही जलमार्ग ओसारपसार हुने गर्छ । 
    इरान र ओमानको बीचमा अवस्थित यो जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गहरूमध्ये एक हो, जहाँबाट विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा पारवहन हुने गर्छ । 
    त्यहाँ हुने कुनै पनि अवरोधले कच्चा तेलको मूल्यलाई तीव्र रूपमा बढाउने र क्षेत्रीय तनाव अझ फैलिने जोखिम पैदा गर्ने निश्चित छ । बीबीसी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend