२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

बर्दिबासमा बम विस्फोट हुँदा दुई पैदलयात्रु घाइते

बर्दिबासमा बम विस्फोट हुँदा दुई पैदलयात्रु घाइते

मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • महोत्तरी - महोत्तरीको बर्दिबासमा बम विस्फोट हुँदा दुई पैदलयात्रु घाइते भएका छन् । बर्दिबास नगरपालिका–१ स्थित रातो पुलमा वम पड्किँदा कैलाली घोडाघोडी–१० का १७ वर्षीय सन्देश चौधरी र २४ वर्षीय समीर चौधरी घाइते भएका हुन । 
    जिल्ला प्रहरी कार्यालय महोतरीले मंगलबार अपराह्न करिब ३ बजे रातो पुलको पश्चिम साइडबाट करिब ५० मिटर पूर्व पुलको दाहिने किनारमा रातो रंगका दुई वटा शंकास्पद वस्तु फेला परेको र एउटा विस्फोट हुँदा पैदलयात्रु घाइते भएको जनाएको छ ।बाटो हिँडिरहेका तीन जना व्यक्तिमध्ये एक जनाले खुट्टाले चलाउने क्रममा एउटा बम पड्किँदा छर्रा लागेर दुई जना घाइते भएका हुन् । फेला परेको अर्को शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । विस्फोट बारे अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend