२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

क्रैलाली गाउँमा मदिराले मातेका युवा समुह र प्रहरीवीच झड्प, १२ जना पक्राउ

क्रैलाली गाउँमा मदिराले मातेका युवा समुह र प्रहरीवीच झड्प, १२ जना पक्राउ

मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२

  • धनगढी-कैलालीको धनगढी–१३ स्थित कैलाली गाँउमा होहल्ला गर्ने समूहलाई नियन्त्रण गर्न खोज्दा प्रहरी र स्थानीय युवाको समूहबीच झडप भएको छ । मंगलबार (फागुन १९) साँझ प्रहरी र युवा समूहका गरी केही घाइते भएका छन् । 
    प्रहरीका तर्फबाट घाइते हुनेमा असई डबल साउद र धनगढी वडा प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक बलराम पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवबहादुर चन्दले जानकारी दिए । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा होली खेलेर बसेका समूहले मदिरा सेवन गरिरहेको अवस्थामा झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले झडपमा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ ।
    राष्ट्रिय मावि कैलाली गाँउको निर्वाचन बुथनजिकै रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेतको संयुक्त टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धानको लागि १२ जनालाई नियन्त्रणमा लिइएको छ ।
    झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दका अनुसार, प्रहरीले ६ राउन्ड हवाई फायर गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend