२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोली चल्यो

मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोली चल्यो

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • उदयपुर- कटारीस्थित मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोली चलेको छ। गोलीले मतपेटिकामा क्षति पुगेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।  

    उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोलि चल्दा मतपेटिकामा क्षति पुगेको एक प्रहरी अधिकारीले जानकारी दिए।

    मतदान केन्द्रमा खटिएका प्रहरी जवानले बोकेको सर्टगन अचानक पड्किँदा मतपेटिसकामा क्षति पुगेको हो। तर, त्यहाँको अवस्था अहिले सामान्य रहेको पनि प्रहरीको दाबी छ। 

    प्रहरी प्रधान कार्यालयले कमान्डरहरूलाई हतियार बोकेका कर्मचारीलाई हतियार ह्यान्डलिङको बारेमा ब्रिफिङ र सुरक्षाको बारेमा निर्देशन दिएको छ। उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीको गोलीले क्षति पुगेको मतपेटिका परिवर्तनपछि पुनः मतदान सुरु भएको छ।

    बिहान ७:१३ बजे कटारी नगरपालिका ३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ख मतदान केन्द्रमा असावधानीका कारण प्रहरीकै गोलीले मतपेटिकामा लागेको थियो। 

    सर्टगन पड्किएर मतपेटिका क्षति पुगेपछि रोकिएको मतदान मतपेटिका परिवर्तन गरेर पुनः सुरु गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ। उदयपुरकै चुहाडेमा कार्यरत प्रहरी जवानले बोकेको सर्टगनबाट अचानक १ राउन्ड गोली (कार्टिज) पड्किएको हो। 

     

    प्रत्यक्ष तर्फको मतपेटिकामा लागी क्षति भएको छ। तर त्यति बेलासम्म चार मत मात्रै खसेको र मतपत्रमा कुनै क्षति नभएको जानकारी प्रहरीले दिएको छ। अर्को मतपेटिका राखेपछि अहिले मतदान भइरहेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend