२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

भन्सार कार्यालयहरु साँझ ६ बजेसम्मका लागि बन्द

भन्सार कार्यालयहरु साँझ ६ बजेसम्मका लागि बन्द

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • काठमाडौँ - देशभरका भन्सार कार्यालयहरु बन्द भएका छन् । निर्वाचनका लागि बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्मका लागि बन्द गरिएको हो । 
    विरगन्ज भन्सार कार्यालयले सूचना जारी गर्दै २० फागुन बिहान ६ बजेदेखि २१ फागुन साँझ ६ बजेसम्म आपतकालीन सेवा बाहेकका सवारी साधनलाई नेपाल प्रवेश गर्न रोक लगाउने जनाएको छ । नेपालबाट भारततर्फ जाने खाली मालवाहक सवारी साधनलाई भारत प्रवेश गर्न आवश्यक सहजीकरण गर्नेसमेत सूचनामा उल्लेख छ । 
    भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले ७२ घण्टाका लागि देशभरका भन्सार कार्यालय बन्द गरिएको बताए । ुबिहीबार हुने निर्वाचनलाई मध्यनजर गर्दै भन्सार नाका ७२ घण्टाका लागि बन्द गरिएको छ, बिहीबार साँझ ६ बजेपछि मात्रै खुल्छ,ु उनले भने ।
    इन्धन, औषधीलगायत अस्पतालजन्य वस्तुहरु, हरियो तरकारी तथा फलफूलका सवारी भने आवतजावत हुने भण्डारीले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend