२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • काठमाडौं-देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    प्रहरीका अनुसार काठमाडौं उपत्यकामा एकजना, कोसी प्रदेशमा तीनजना, मधेस प्रदेशमा चारजना, बागमती प्रदेशमा सातजना, गण्डकी प्रदेशमा तीनजना, लुम्बिनी प्रदेशमा एकजना, कर्णाली प्रदेशमा एकजना र  सुदूरपश्चिम प्रदेशमा चारजना गरी २४ जनालाई नियन्त्रणमा लिइएको हो ।
    निर्वाचनको समयमा आचारसंहिता विपरीत कार्यमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
    यस्तै, देशभरका विभिन्न स्थानबाट निर्वाचनको समयमा आचारसंहिताविपरीत र अनुमतिबिना चलाइएका २ हजार ५९७ वटा सवारीसाधनहरूलाई होल्ड गरिएको प्रहरीले जानकारी दिएको छ ।
    प्रहरीका अनुसार त्यसरी होल्ड गरिएकामध्ये २ हजार ३५१ वटा दुईपाङ्ग्रे र २४६ वटा चारपाङ्ग्रे सवारीसाधनहरू रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend