२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

कुन चुनावमा कति मत खस्यो ?

कुन चुनावमा कति मत खस्यो ?

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • काठमाडौं– जेनजी आन्दोलनपछि गठित सुशिला कार्की नेतृत्वले गराएको  प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । यो निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए । 
    जेनजी विद्रोह पृष्ठभूमिमा भएको मध्याधि निर्वाचन बढी मत खस्ने आँकलन थियो । तर, अघिल्ला निर्वाचनहरु भन्दा कम मत खसेको छ । कुनै दल र संगठित संस्थाले औपचारिक रुपमा चुनाव बहिष्कारको घोषणा गरेका थिएनन् ।
    अघिल्लो २०७९ को चुनावमा ६१.६३ प्रतिशत मत खसेको थियो ।

    कुन चुनावमा कति मत खस्यो ?
    संसदीय निर्वाचनमामा मतदान प्रतिशत ‘तल–माथि’ भइरहेको देखाउँछ । एकदलीय व्यवस्थाको अन्त्यसँगै २०४८ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा ६५.१५ प्रतिशत मत खसेको थियो । 
    निर्वाचन आयोगको तथ्यांक अनुसार, खसेको ७२ लाख ९१ हजार ८४ मत खसेको थियो । त्यतिखेर ४.४२ प्रतिशत मत बदर भएको थियो ।
    २०५१ को चुनावमा ७६ लाख २५ हजार ३४८ मत खसेको थियो । त्यसमध्ये ७३ लाख ८४ हजार २७७ मत सदर भएको थियो । दुई लाख ४१ हजार ७१ मत बदर भएको आयोगको तथ्यांक छ ।
    २०५६ सालको निर्वाचनमा ६७.१३ प्रतिशत मत खसेको थियो । त्यतिबेला ८८ लाख ९४ हजार ५६६ मत खसेको थियो ।
    २०६४ को निर्वाचनमा १ करोड  ११ लाख ४६ हजार ५४० मत खसेको थियो,  जुन ६३.२९ प्रतिशत हो । त्यसमा १ करोड ७ लाख ३९ हजार ०७८ मत सदर भएको थियो । 
    २०७० सालको दोस्रो संविधानसभा चुनावमा ९५ लाख १६ हजार ७३४ मतदाता मतदानमा सहभागी भए । त्यतिबेला ७८।७४ प्रतिशत मतदान भएको थियो । त्यसमध्ये ९० लाख ४४ हजार ९०८ मत सदर भएको थियो । ४ लाख ७१ हजार ८२६ ९४।९६० प्रतिशत मत बदर भएको थियो । 
    २०७४ सालको चुनावमा पहिलो चरणमा २० लाख ६८ हजार ७९८ र दोस्रो चरणमा ८५ लाख २५ हजार १७३ गरी कूल १ करोड ५ लाख ९३ हजार ९७१ मत खसेको थियो । जुन ६८.६७ प्रतिशत हो । त्यतिबेला ५.१६ प्रतिशत मत बदर भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend