२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

रुपन्देही २ मा एमाले उपाध्यक्ष पौडेललाई २ हजार मतले पछाडि पार्दै रास्वपाका खरेलको अग्रता

रुपन्देही २ मा एमाले उपाध्यक्ष पौडेललाई २ हजार मतले पछाडि पार्दै रास्वपाका खरेलको अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौं-रूपन्देही २ मा पूर्वअर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले फराकिलो मतान्तरले पछि पारेका छन् । अहिलेसम्मको मत गणना अनुसार सुलभले पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन् ।
    खरेलले २७८१ मत प्राप्त गर्दा पौडेलले जम्मा ७०९ मत पाएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले ३०५ मा ल्याएर पछ्याइरहेका छन् ।
    रुपन्देही २ मा तिलोतमा नगरपालिका १ बाट मतगणना गर्न सुरु गरिएको थियो । यो क्षेत्रमा उनीहरू बाहेक नेपाली कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डे, जनता समाजवादी पार्टीका दीपक गुरूङ, जनमत पार्टीका रमेश लोध सहित ३९ जना प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend