पोखरा-कास्की क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नै अगाडि देखिएका छन् । बिहान ४ बजेसम्मको मतगणना अनुसार ४८२ मत पाएर रास्वपाकी बिना गुरुङ अग्रस्थानमा रहेकी हुन् । उनलाई २८० मत ल्याएका नेपाली कांग्रेसका मनोज गुरूङले पछ्याइरहेका छन् ।
यहाँ एमाले उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ११९ मत पाएर तेस्रो स्थानमा छन् । एक लाख सात हजार ५६० मतदाता भएको यो निर्वाचन क्षेत्रमा ५२ हजार ५४३ पुरुष, ५५ हजार १५ महिला र २ जना अन्य मतदाता छन् ।