काठमाडौं-काठमाडौं क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार राजुनाथ पाण्डे अघि लागेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार उनले दुई हजार ९६० मत ल्याएका छन् ।
हालसम्म आठ हजार ९३ मत गन्दा पाण्डेलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछ्याएका छन् । घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् ।