२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

काठमाडौँ क्षेत्र नं १ मा रास्वपाकी रञ्जु दर्शना विजयी

काठमाडौँ क्षेत्र नं १ मा रास्वपाकी रञ्जु दर्शना विजयी

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौं-काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छन्। कुल २९ हजार ७७४ मत खसेकोमा १५ हजार ४५५ मत प्राप्त गरी उनी विजजी भएकी हुन्। 
    ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।
    यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend