बुटवल-रुपन्देही–२ मा रास्वपाका उमेदवार सुलभ खरेलले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार, उनले १० हजार ५१९ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले दुई हजार १९३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले १ हजार २०४ मत प्राप्त गरेका छन् । यस्तै नेकपाका विश्वदीप पाण्डेले ३५२ मत प्राप्त गरेका छन् । अहिलेसम्म १५ हजार ४१३ मत गणना भएको छ । रुपन्देही क्षेत्र नम्बर दुईमा ८६ हजार ७१५ मत खसेको थियो ।