२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

रास्वपाको १२ क्षेत्रमा जित, १ सय ४ मा अग्रता

रास्वपाको १२ क्षेत्रमा जित, १ सय ४ मा अग्रता

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विहान सवा ४ बजेसम्म १२ निर्वाचन क्षेत्रमा जितेको छ । १०४ स्थानमा अगाडी रहेको छ । एमाले, कांग्रेस र माओवादीबाट चरम धोका खाएर निरास भएका जनताले जेनजी विद्रोहपछि मतदानमार्फत पुराना दलहरुलाई अस्वीकार गर्नेक्रममा रास्वपालाई चुनेका हुन । 
    काठमाडौं १ मा रञ्जु न्यौपाने (दर्शना) ले १५ हजार ४५५ मत ल्याउँदै रास्वपाको खाता खोलेकी थिइन । दर्शनाले नेपाली कांग्रेशका प्रबल थापा क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रालाई पछि पार्दै जितेकी थिइन् । रञ्जुले कुल मत १५ हजार ४५५ पाएकी थिइन् ।
    त्यस्तै काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । घिसिङले ११ हजार १७१ मत ल्याउँदा पाण्डेले १८ हजार ७५७ मत ल्याएका थिए । पाण्डे काठमाडौं महानगरपालिकाको पूर्व प्रहरी प्रमुख हुन् ।
    यसैगरी काठमाडौं ८, ६, ७, ४, ५ र १० मा समेत रास्वपा उम्मेदवारहरू नै निर्वाचित भए । यी क्षेत्रबाट क्रमशस् विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली, सस्मित पोखरेल र प्रदीप विष्ट निर्वाचित भए । उनीहरूले आफ्नो प्रतिद्वन्द्वीहरूलाई अत्यन्तै फराकिलो मतान्तरले जित हासिल गरेका छन् ।
    काठमाडौं बाहेक कास्की, मोरङ र धनुषामा पनि रास्वपा उम्मेदवार निर्वाचित भएका छन् । कास्की २ र ३ मा क्रमशस् उत्तमप्रसाद पौडेल र बिना गुरुङ निर्वाचित भएका छन् ।
    त्यसैगरी मोरङ ४ मा सन्तोष राजवंशी निर्वाचित भएका छन् । त्यस्तै, धनुषा–३ मा रास्वपाबाट मनिष झा निर्वाचित भएका छन् । उनी भारी मतान्तरसहित निर्वाचित भएका हुन् ।
    अहिलेसम्म निर्वाचित भएका रास्वपा उम्मेदवारहरूमध्ये सबैभन्दा बढी बिना गुरुङले मत पाइन् । उनले ३७ हजार ७५० मत ल्याइन् । कास्कीकै क्षेत्र नं २ बाट रास्वपाका उत्तम पौडेल एमालेका उम्मेदरवार रश्मी आचार्यलाई चार गुणा बढी मतले हराउँदै एमालेका किल्ला भत्काउन सफल भए । पौडेलले ३१ हजार ९ सय ११ मत पाए । दोस्रो स्थानका एमाले उम्मेदवार रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत ल्याएका छन । 
    यी क्षेत्रहरूमा रास्वपाले जित्दा अधिकांशमा कांग्रेस दोस्रो भएको छ । अहिले देशभर नै रास्वपा १०० बढी निर्वाचन क्षेत्रमा अग्रतामा नै छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend