२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

अटो दुर्घटनामा चालकसहित ४ जनाको मृत्यु

अटो दुर्घटनामा चालकसहित ४ जनाको मृत्यु

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • चितवन- कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
    उर्पदानगढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ह ०३१५ नम्बरको अटो शनिबार साँझ करिब ५ बजे अनियन्त्रित भई सडक छेउको नालामा पल्टिँदा दुर्घटना भएको हो ।
    दुर्घटनामा अटो चालक राप्ति नगरपालिका–९ का ३९ वर्षीय पूर्ण बिक, राप्ति–८ की ५६ वर्षीया विष्णु कुमारी तामाङ, राप्ति–९ की २२ वर्षीया बिनि तामाङ र राप्ति–९ कै करिब ५५ वर्षीया तिलक तामाङको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
    यसैगरी राप्ति नगरपालिका–९ बस्ने ५३ वर्षीया चिनि कुमारी गुरुङ घाइते भएकी छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
    घटनास्थल प्रहरी चौकी जुटपानीबाट करिब १२ किलोमिटर उत्तरमा पर्ने बताइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend