काठमाडौँ– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा(५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी हुनुभएको छ। उहाँ ६८३४८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका केपी शर्मा ओलीले १८७३४ मत मात्र प्राप्त गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको जन्म वि.सं. २०४६ साल माघ २५ गते काठमाडौँको नरदेवीमा भएको हो।
रास्वपा प्रवेश गर्नुपूर्व उहाँ २०७९ जेठदेखि २०८२ माघ ४ गतेसम्म काठमाडौँ महानगरपालिकाका मेयरको रूपमा कार्यरत रहनुभएको थियो।
नवनिर्वाचित शाह अब नेपालको प्रधानमन्त्री हुने निश्चित प्रायः भएको छ । तर रास्वपाले प्रकृयागत रुपमा शाहलाई संसदीय दलको नेता चयन गर्नुपर्नेछ ।