२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

झापा ४ मा राष्ट्रिय रास्वपाका ढकाल विजयी

झापा ४ मा राष्ट्रिय रास्वपाका ढकाल विजयी

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • झापा-प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँले ४३ हजार ६३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गर्नुभयो । यहाँ नेपाली कांग्रेसका देउकुमार थेवेले नौ हजार ४३४, श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले सात हजार १६१, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलाले दुई हजार ८० मत प्राप्त गर्नुभयो ।
    यस क्षेत्रमा कुल एक लाख ३० हजार ७१२ मतदाता रहेकामा ८२ हजार ११७ मत खसेको थियो । यहाँ १५ राजनीतिक दल र एक स्वतन्त्र गरी १६ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend