२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

ललितपुर २ मा रास्वपाका खरेल भारी मतले विजयी

ललितपुर २ मा रास्वपाका खरेल भारी मतले विजयी

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • काठमाडौं-प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदावर जगदीश खरेल भारी मतका साथ विजयी भएका छन्।
    ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका हुन्। 
    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरेका छन्।
    त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले ५ हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले ४ हजार ५३६ प्राप्त गरेका छन्। 
    कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर(२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ जनाले मतदान गरेका थिए।
    यस क्षेत्रमा राजनीतिक दलका र स्वतन्त्र गरी २३ जना उम्मेदवार थिए।
    विजयी रास्वपा उम्मेदवार खरेल पूर्वसञ्चारमन्त्री पनि हुन्। उनी मन्त्री पदबाट राजीनामा दिँदै चुनावी प्रतिस्पर्धामा होमिएका थिए। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend