ओखलढुंगा-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार विश्वराज पोखरेल विजयी भएका छन् । आइतबार (फागुन २४) बिहान सार्वजनिक अन्तिम मत परिणाममा १३ हजार ९५३ मत प्राप्त गर्दै पोखरेल सांसद निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए । उनीहरूबीच कडा टक्कर देखियो । पोखरेलले पाँच मतान्तरले चुनाव जितेका हुन् । पोखरेल नेपाल प्रहरीका पूर्वएआईजी हुन् ।
तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाए । नेकपा (एमाले)की उमेदवार असिमता थापा १० हजार ७२० मतसहित चौथो स्थानमा रहेकी निर्वाचन आयोगले जनाएको छ ।