२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

भोजपुरमा श्रम संस्कृतिका ध्रवराज राई विजयी

भोजपुरमा श्रम संस्कृतिका ध्रवराज राई विजयी

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • भोजपुर-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीका उमेदवार ध्रुवराज राई विजयी भएका छन् । आइतबार दिउँसो सार्वजनिक अन्तिम मत परिणाममा १६ हजार ६६३ मत प्राप्त गर्दै उनी सांसद निर्वाचित भएका हुन् । श्रम संस्कृतिबाट चुनाव जितेका उनी तेस्रो उमेदवार हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सचिव एवं कोसी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले १४ हजार ७५० मत ल्याए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार बालकृष्ण थापाले आठ हजार ६७० मत पाए ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद ओझाले ६ हजार १०२, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का अजम्बर राई काङमाङले पाँच हजार ७२८ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend