२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरयो

श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरयो

सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौँ-प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ।
    निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ।
    निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ लाख ५३ हजारभन्दा बढी मत प्राप्त गरेको छ।
    श्रम संस्कृति पार्टीका अध्यक्ष धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङ राई हन्। उनी प्रत्यक्षतर्फ सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend