२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

जितका लागि रवि र बालेनलाई मोदीको बधाई

जितका लागि रवि र बालेनलाई मोदीको बधाई

सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग फोन वार्ता गरेको जानकारी दिएका छन् ।
    फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा दुवै नेता र रास्वपाको सानदार जित भएकोमा बधाई दिएको उनले सोमबार साँझ सामाजिक सञ्जालहरुमा उल्लेख गरेका छन् । उनले नयाँ सरकार र नेपाल-भारतबीचको परस्पर हित र समृद्धिका लागि सहकार्यका लागि शुभकामना दिएको समेत उल्लेख गरेका छन् । उनले लेखेका छन् -म हाम्रा साझा प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त छु ।
    प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ जारी मतगणनामा पनि अत्यधिक मत पाइरहेकाले बहुमतसहितको सरकार बनाउने स्पष्ट भइसकेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको गणना मंगलबारसम्म सकिने जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend