२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

अमेरिका, इजरायल र इरान युद्धमा १ हजार ८ सय ७० नागरिकको मृत्यु

अमेरिका, इजरायल र इरान युद्धमा १ हजार ८ सय ७० नागरिकको मृत्यु

बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौं–  अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि गरेको आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व निकै चर्किएको छ । यस युद्धमा हालसम्म विभिन्न देशका नागरिक र सैनिकहरू मारिइसकेका छन् । 
    मार्च ९ सम्मको उपलब्ध तथ्यांकअनुसार, यस युद्धमा हालसम्म एक हजार ८७० भन्दा बढी मानिसको मृत्यु भइसकेको बताइएको छ । यस युद्धमा लेबनान र ती खाडी देशहरू पनि तीव्र रूपमा तानिएका छन्, जहाँ अमेरिकी सैन्य आधार शिविरहरू रहेका छन् ।
    यस युद्धमा सबैभन्दा बढी जनधनको क्षति इरानमा भएको छ । इरानमा कम्तीमा एक हजार ३३४ जनाको मृत्यु दर्ता गरिएको छ । यसमध्ये एक हजार २३० जनाको मृत्यु पुष्टि ‘रेड क्रिसेन्ट सोसाइटी’ले गरेको छ, जसमा एउटा प्राथमिक विद्यालयमा भएको मिसाइल आक्रमणमा मारिएका १७५ छात्रा र कर्मचारीहरू पनि समावेश छन् ।
    यसका अतिरिक्त, इरानका १०४ सैन्य कर्मचारीहरू एउटा युद्धपोत डुब्दा मारिएका छन् । उता, लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा हालसम्म ४८० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
    इरान र लेबनानबाहेक क्षेत्रका अन्य धेरै देशहरूले पनि मृत्युको पुष्टि गरेका छन् । इराकमा इरान समर्थित समूहका कमान्डरसहित १५ जना मारिएका छन् । 
    इजरायलमा १३ जनाको मृत्यु भएको छ भने अमेरिकाका सात सैन्यकर्मी यस संघर्षमा मारिएका छन् । यसबाहेक, कुवेतमा ६ जना, सिरियामा चार, संयुक्त अरब इमिरेट्समा चा, साउदी अरबमा दुई, बहराइनमा दुई र ओमानमा एकजनाको मृत्यु दर्ता गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend