२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पूर्व मेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा निधन

पूर्व मेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा निधन

बिहिवार, फाल्गुण २८ २०८२
बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौँ-पोखरा महानगरका पूर्व मेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले जानकारी दिए।
    प्रतिनिधिसभा निर्वाचनको कास्की क्षेत्र नम्बर १ को समीक्षा बैठक सकिएपछि कुर्सीमा बस्दाबस्दै थापालाई हृदयाघात भएको हो।
    हृदयाघात भएको केही मिनेटमै पोखराकै मणिपाल शिक्षण अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
    उनी नेकपा एमालेका कास्की इन्चार्ज तथा केन्द्रीय सदस्य थिए।
    २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पोखराको मेयर निर्वाचित थापा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए भने २०७८ को निर्वाचनमा पनि उनी पोखरा महानगरको मेयरका उम्मेदवार थिए।
    यसपटक प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट थापाले टिकट पाए पनि टिकट खोसेर अर्का केन्द्रीय सदस्य रश्मी आचार्यलाई दिएपछि उनी पार्टी नेतृत्वसँग रूष्ट थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend