२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

धनुषा– १ का रास्वपा उमेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

धनुषा– १ का रास्वपा उमेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

शुक्रवार, फाल्गुण २९ २०८२
शुक्रवार, फाल्गुण २९ २०८२
  • काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चले बिहीबार (फागुन २८) अन्तरिम आदेश दिएको हो ।
    कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेका कारण साहको उम्मेदवारी खारेज भएको थियो । त्यसपछि साहले सर्वोच्च अदालतका रिट दिएका थिए । सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेको हो ।
    सर्वोच्चले कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएसँगै साहको उम्मेदवारी कायम रहने भएको छ । उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा उल्लेख्य मत परेको छ । आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उमेदवार मात्रिका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend