२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

पत्रकारलाई अभद्र व्यवहार गर्ने पाठक पक्राउ

पत्रकारलाई अभद्र व्यवहार गर्ने पाठक पक्राउ

शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • झापा- पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, पाठकले रातोपाटी डटकम, कोसी प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए । 
    सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले उनलाई शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिए । 
    पाठकलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend