२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन आग्रह

स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन आग्रह

शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • दोहा- कतारको दोहास्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन आग्रह गरेको छ । दोहास्थित नेपाली दूतावासले शनिबार एक विशेष अनुरोध जारी गर्दै यस्तो आग्रह गरेको हो ।
    पश्चिम एसियामा जारी तनावकाबीच दोहास्थित नेपाली दूतावासले साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने कतार आइडी भएका नेपालीलाई आवेदन दिन अनुरोध गरेको हो । दूतावासका अनुसार नेपाली नागरिकले ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदन दिन सकिने छ । 
    ुमध्यपूर्वको वर्तमान परिस्थितिको सन्दर्भमा साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका कतारमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्र मार्फत पर्यटक भिसा आवेदन दिनका लागि अपोइन्टमेन्ट बुक गर्न विनम्र अनुरोध गरिन्छ । उक्त भिसा सेवा केन्द्र एजदान मल अल घराफामा रहेको छु, सूचनामा भनिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend