२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

साउदीका नेपालीलाई सचेत रहन आग्रह

साउदीका नेपालीलाई सचेत रहन आग्रह

शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • काठमाडौं- साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीलाई आधिकारिक निकायबाट जारी हुने समाचार निर्देशन सूचना बमोजिम सजग रहन अनुरोध गरेको छ ।
    दूतावासले बुधबार जारी गरेको अनुरोधपत्रमा भनिएको छ, “आधिकारिक रूपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, जानकारी तथा फोटो, भिडियो सामाजिक सञ्जालमा नराख्न, सेयर र पोष्ट नगर्न र सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने स्थान वा बस्तुको फोटो नखिच्न र भिडियो नबनाउन अनुरोध गर्दछौँ ।”
    दूतावासले साउदी अरेबियाका आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट आएका समाचारलाई मात्र विश्वास गर्न र पुष्टि नभएका हल्लाकोपछि नलाग्न र राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
    दूतावासले ०११४६१११०८, ०११२८८३७९५, मोबाइल नम्बर ह्वाट्सएप ं९६६५०००२५९७३ र  ९६६५३४३४३२१३ सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसैगरी नेपाली महावाणिज्य दूतावास, जेद्दास्थित फोन नं। ०१२६२२६६६५, ०१२६२२६६८३, मोबाइल नम्बरस् ह्वाट्सएपःं९६६५३५०२४१६९। ९६६५५९७४४२५३, ९६६५३१२५४०९९ र ं९६६५३१३२८९५७ मा सम्पर्क गर्नपनि अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend