२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

लेमन ट्री’ होटलको क्यासिनोबाट १३ जुवाडे पक्राउ

लेमन ट्री’ होटलको क्यासिनोबाट १३ जुवाडे पक्राउ

मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • काठमाडौं-राजधानीको बुढानीलकण्ठ नगरपालिका १ स्थित ‘लेमन ट्री’ होटलभित्र सञ्चालित गडुल क्यासिनोमा अवैध रूपमा जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
    जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले गए राति उक्त क्यासिनोमा छापा मारेको हो। पक्राउ पर्नेमा बुढानीलकण्ठ-२ का ४८ वर्षीय दिलीप लामासहित १३ जना रहेका छन्।
    प्रहरीले जुवाखालबाट एक लाख ९० हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ। होटलभित्र क्यासिनोको आवरणमा जुवातास खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले बरामद रकमसहित पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेका बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend