२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

मुग्लिन-मलेखु सडकखण्ड थप तीन रात बन्द गरिने

मुग्लिन-मलेखु सडकखण्ड थप तीन रात बन्द गरिने

बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२

  • काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्ड थप तीन रात बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले आज बिहीबार एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १० देखि बिहान ४ बजेसम्म बन्द गरिएकामा भोलि (शुक्रबार)देखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाएको हो। 
    सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। 
    इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नति भइरहेको छ। पटक-पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १० देखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्न लागिएको हो।
    एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमन बन्द रहने सूचनामा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend