२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

‘हेल्लो गृह’ कल सेन्टर सञ्चालन,गुनासो र सुझाव दिन सजिलो

‘हेल्लो गृह’ कल सेन्टर सञ्चालन,गुनासो र सुझाव दिन सजिलो

शनिवार, आषाढ ६ २०८३
शनिवार, आषाढ ६ २०८३
  • काठमाडौं - नागरिकका गुनासा, उजुरी तथा सुझावलाई छिटो, प्रभावकारी र व्यवस्थित रूपमा सम्बोधन गर्ने उद्देश्यले गृह मन्त्रालयले ‘हेल्लो गृह’ कल सेन्टर सञ्चालनमा ल्याएको छ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले ले मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी, जवाफदेही तथा सेवामुखी बनाउन गुनासो व्यवस्थापन शाखाअन्तर्गत ‘हेल्लो गृह’ कल सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए।

    मन्त्रालयका अनुसार अब सर्वसाधारणले गृह प्रशासनसँग सम्बन्धित सेवा, सुरक्षा, नागरिकता, राहदानी, अध्यागमन, विपद् व्यवस्थापन तथा मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने अन्य विषयमा आफ्ना गुनासा, उजुरी र सुझाव सहज रूपमा दर्ता गराउन सक्नेछन्।

    गृह मन्त्रालयले नागरिकका समस्या र सुझावलाई प्रत्यक्ष रूपमा सुन्ने तथा सम्बन्धित निकायमार्फत आवश्यक पहल गर्न कल सेन्टर सञ्चालन गरिएको जनाएको छ। यसबाट सेवाग्राही र सरकारी निकायबीचको दूरी घट्नुका साथै सार्वजनिक सेवाप्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।

    गुनासो, उजुरी तथा सुझावका लागि मन्त्रालयले विभिन्न माध्यम उपलब्ध गराएको छ। सेवाग्राहीले टोल–फ्री नम्बर १११२ मा फोन गरेर, gunaso@moha.gov.np इमेलमार्फत वा ह्वाट्सएप नम्बर ९८५१३६०६०३ मा सन्देश पठाएर आफ्नो धारणा तथा समस्या राख्न सक्नेछन्।

    मन्त्रालयले प्राप्त गुनासा र सुझावलाई प्राथमिकताका साथ अध्ययन गरी सम्बन्धित निकायमा पठाउने तथा समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउने जनाएको छ। सरकारी सेवा प्रवाहमा पारदर्शिता र जनउत्तरदायित्व अभिवृद्धि गर्ने दिशामा ‘हेल्लो गृह’ कल सेन्टरलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend