२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

बुधबारदेखि फेरि भरी ग्यास सिलिन्डर बिक्री सुरु, १४.२ केजीको मूल्य २,०६० रुपैयाँ

बुधबारदेखि फेरि भरी ग्यास सिलिन्डर बिक्री सुरु, १४.२ केजीको मूल्य २,०६० रुपैयाँ

मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं - पेट्रोलियम पदार्थको अभावका कारण केही समयदेखि आधा (७.१ केजी) सिलिन्डरमा सीमित गरिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को बिक्री वितरण अब पुनः भरी सिलिन्डरमा सुरु हुने भएको छ।

    नेपाल आयल निगम लिमिटेडले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै असार ३१ गते (बुधबार)देखि उपभोक्ताले पुनः १४.२ केजी क्षमताको भरी ग्यास सिलिन्डर प्राप्त गर्न सक्ने जनाएको हो।

    निगमका अनुसार १४.२ केजी क्षमताको भरी सिलिन्डरको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ निर्धारण गरिएको छ। उपभोक्ताको मागलाई मध्यनजर गर्दै पूर्ण क्षमताको सिलिन्डर बिक्री वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।

    यद्यपि, बजारमा हाल रहेका आधा (७.१ केजी) सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म केही समय दुवै प्रकारका सिलिन्डर एकसाथ बिक्री वितरण गरिने निगमले स्पष्ट पारेको छ।

    निगमले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र तोकिएको मूल्य यकिन गरेर मात्र खरिद गर्न आग्रह गरेको छ, ताकि कुनै प्रकारको अन्योल वा ठगीबाट बच्न सकियोस्।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend