काठमाडौं-घरेलु मैदानमा नेपालले भुटानलाई टाइब्रेकरमा हराउँदै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि प्रतिस्पर्धा पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा नेपालका गोलकिपर जियारथ शेख भुटानको यात्रामा पर्खाल सावित भए । शेखले दुई पेनाल्टी रोक्दै भुटानलाई निरास पारेका थिए । भुटानका जिग्मे नाङमेल र दोर्जीको प्रहार नेपालका गोलरक्षक जियारथ शेखले विफल पारे।
नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आईतवार भएको खेलमा भुटानका जेत्सुन दोर्जीले प्रहार मात्रै सफल भयो ।
नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ।