२०८३, आश्विन १३ गते

समय लोड हुँदैछ...

हिमलुङ हिमपहिरोमा थप दुई शव फेला, मृतकको संख्या चार पुग्यो

हिमलुङ हिमपहिरोमा थप दुई शव फेला, मृतकको संख्या चार पुग्यो

सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • पोखरा-  मनाङस्थित हिमलुङ हिमालमा आएको हिमपहिरोमा परी बेपत्ता भएका आरोहीमध्ये थप दुई जनाको शव सोमबार फेला परेको छ। खोज तथा उद्धारमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) को टोलीले वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो।

    एसोसिएसनका अनुसार यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो। सोमबार थप दुई जनाको शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

    हिमाल आरोहण तथा यात्राका क्रममा अचानक हिमपहिरो आएपछि उनीहरू बेपत्ता भएका थिए। घटनालगत्तै उद्धार टोली परिचालन गरी बेपत्ताहरूको खोजी सुरु गरिएको थियो।

    एनएनएमजीएका अनुसार घटनामा अझै अन्य व्यक्ति बेपत्ता भएको हुनसक्ने भएकाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। उद्धार टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा सम्भावित स्थानहरूमा खोजी गरिरहेको जनाएको छ।

    हिमलुङ हिमालमा भएको यो घटनाबारे थप विवरण तथा बेपत्ताको वास्तविक संख्या भने खोज तथा उद्धार कार्य पूरा भएपछि स्पष्ट हुने बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend