२०८३, आश्विन १३ गते

समय लोड हुँदैछ...

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

    सोमबार साइबर ब्युरोले म्याद थपका लागि प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। अदालतले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो। खतिवडा जेनजी आन्दोलनका क्रममा मारिएका रसिक खतिवडाकी आमा हुन्।

    रसिक खतिवडालाई लिएर प्रसाईंले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोपमा उजुरी परेको बताइएको छ। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

    प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पक्राउ पर्दै आएका छन्। उनी गत साउन १८ गते सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए।

    त्यस्तै, गत भदौ ४ गते प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको थियो। सर्वोच्च अदालतको आदेशपछि प्रहरीले खानतलासीका क्रममा बरामद गरेका सामान फिर्ता गरेको थियो।

    अहिले अदालतको अनुमतिपछि साइबर ब्युरोले प्रसाईंमाथि थप अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend