२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

वरिष्ठ जनसङ्गीतिज्ञ खुसीराम पाख्रिनलाई मरणोप्रान्त ‘जनगायक जेबी टुहुरे सम्मान

वरिष्ठ जनसङ्गीतिज्ञ खुसीराम पाख्रिनलाई मरणोप्रान्त ‘जनगायक जेबी टुहुरे सम्मान

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • काठमाडौँ-वरिष्ठ जनसङ्गीतिज्ञ खुसीराम पाख्रिनलाई मरणोप्रान्त ‘जनगायक जेबी टुहुरे सम्मान– २०८१’ प्रदान गरिएको छ ।
    जेबी टुहुरे फाउन्डेसनले सोमबार दिवङ्गत पाख्रिनकी पत्नी सुकमायालाई उक्त सम्मान दिएको हो । सम्मानको राशि रु एक लाख रहेको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुकमायालाई सम्मान हस्तान्तरण गरेका थिए ।
    पाख्रिनले नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा आजीवन प्रगतिशील गीत, सङ्गीत गायन तथा नृत्य एवं गीतिनाटकमार्फत नेपाली समाजका शोषित–पीडित वर्गमा चेतना जागृत गराउन पुर्‍याउनुभएको योगदानस्वरूप सम्मान गरिएको फाउन्डेशनका निर्भिक टुहुरेले वताए । 
    गोरखाको अजिरकोट गाउँपालिकामा विस २००९ कात्तिक ११ गते जन्मिएका पाख्रिनले चितवनको नारायणी कला मन्दिरबाट प्रारम्भिक कलायात्रा सुरु गरेका थिए ।  विसं २०३५÷०३६ देखि जनवादी गीत रचना गर्ने, सङ्गीत भर्ने, गाउने, नृत्य सिकाउने र गीतिनाटकसमेत रचनामा समर्पित उनका ‘कालो वनको बीचैमा’, ‘गैती बेल्चा उचालेर’, ‘युवाहरु हो’ जस्ता गीत अत्यन्तै लोकप्रिय छन् ।
    चार वटा गीति पुस्तिकासमेत प्रकाशन गरेका पाख्रिनले प्रतिरोध सांस्कृतिक परिवार र सामना सांस्कृतिक परिवारको नेतृत्व गरेका थिए । उनी  विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्य रहेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend