२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पन्तलाई गीताञ्जली र गौत्तमलाई रुक्मिणा पुरस्कार

पन्तलाई गीताञ्जली र गौत्तमलाई रुक्मिणा पुरस्कार

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • पोखरा- गीताञ्जली साहित्य परिवार पोखराले साहित्यकार एवम् उपप्राध्यापक कल्याण पन्तलाई गीताञ्जली साहित्य रत्न पुरस्कार तथा साहित्यकार एवम् पत्रकार असफल गौतमलाई रुक्मिणा नारायणदत्त  रुना – साहित्य पुरस्कार प्रदान गरेको छ । 
    पन्त र गौत्तमलाई नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र एवम् दोसल्लाले पुरस्कृत गरिएको थियो ।  लोकगायिका हरीदेवी कोइरालाले  पुरस्कृत व्यक्तित्वलाई पुरस्कार दिदै नेपाली साहित्यलाई जीवन्त बनाउन सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिईन । 
    सोहि कार्यक्रममा बालसाहित्यकार ईडिभा खतिवडालाई तुलसी मुवा अहिल्या बाल प्रतिभा पुरस्कार प्रदान गर्नुका साथै मुक्तकमणि तीर्थराज अधिकारीद्वारा रचित ‘सारवत मुक्तक सङ्ग्रह लोकार्पण गरियो । 
    साहित्य रत्न पुरस्कार यसअघि रत्नशमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण थापा तथा रुना साहित्य पुरस्कार तेजनाथ घिमिरे, डा.जगमान गुरुङ, तारानाथ पाखे, डा.नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.कुसुमाकर न्यौपाने र प्रा.डा.जगन्नाथ रेग्मीले पाएका थिए । ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend