२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

शिक्षकका नौबुँदे माग मन्त्रिपरिषद्बाट स्वीकृत, भोलिदेखि सडक आन्दोलन रोकिने

शिक्षकका नौबुँदे माग मन्त्रिपरिषद्बाट स्वीकृत, भोलिदेखि सडक आन्दोलन रोकिने

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • मन्त्रिपरिषद्को बैठकले शिक्षकका नौबुँदे माग स्वीकृत गरेको छ। यससँगै शिक्षकको सडक आन्दोलन तत्कालका लागि स्थगित भएको छ। 
    नौबुँदे माग सरकारले स्वीकृत गर्ने र असार १५ भित्र शिक्षा ऐन ल्याउने सहमतिसँगै सहमति जुटेको हो। भोलिदेखि सडक आन्दोलन नहुने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए। सहमतिसँगै बिहीबारदेखि देशभरीका बिद्यालय सञ्चालनका लागि सुवेदीले आग्रह गरेका छन्। सहमति कार्यान्वायन नभएमा योभन्दा चर्को आन्दोलन गर्ने उनको चेतावनी छ। 
    शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराइएको छ।
    मन्त्रिपरिषद‍्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ ।
    शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको सहमतिलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको मन्त्री पन्तले जानकारी दिए । सहमतिपछि अब शिक्षकहरु विद्यालय फर्कने शिक्षा मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend