२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

दुबईमा अड्किएकाको उद्धार गर्न फ्लाई दुबईले राति उडान भर्ने

दुबईमा अड्किएकाको उद्धार गर्न फ्लाई दुबईले राति उडान भर्ने

बुधवार, फाल्गुण २० २०८२
बुधवार, फाल्गुण २० २०८२
  • दुबईमा अड्किएकाको उद्धार गर्न फ्लाई दुबईले राति उडान भर्ने 
    काठमाडौं-मध्यपूर्वमा बढेको तनावका कारण दुबईमा अड्किएका यात्रुलाई लिन फ्लाई दुबईले बुधबार राति उडान भर्ने भएको छ।
    अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि गत शनिबारदेखि उडान ठप्प हुँदा अलपत्र परेका नेपालीलाई लक्षित गरी यो उडान हुन लागेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज राति ‘दुबई–काठमाडौं–दुबई’ रुटमा उडान हुनेछ।
    कार्यालयका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले मध्यपूर्वको तनावले उडान रोकिँदा धेरै नागरिक दुबईमा रोकिएकाले उनीहरूलाई ल्याउने उद्देश्यले उडान हुन लागेको जानकारी दिए।
    ‘मध्यपूर्वमा तनाव बढेपछि उडान रोकिँदा धेरै नागरिक दुबईमा रोकिएका छन्,’ प्रवक्ता बस्नेतले नागरिक न्युजसँग भने, ‘उनीहरूलाई नेपाल ल्याउने उद्देश्यले आज राति उडान हुन लागेको हो।’
    प्रवक्ता बस्नेतका अनुसार नेपालबाट दुबई जान चाहने यात्रुले पनि यो उडानमार्फत यात्रा गर्न पाउनेछन्। यद्यपि, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अहिले धेरै यात्रु बाहिर नजाने उनको अनुमान छ।
    यो उडानमा तेस्रो मुलुक जानका लागि ‘ट्रान्जिट’ प्रयोग गर्नेहरूलाई भने अनुमति दिइएको छैन। यो उडान मध्यपूर्वमा बढेको तनावपछि खाडीबाट सञ्चालनमा आउने पहिलो नियमित उडानमध्ये एक हुनेछ।
    सामान्य अवस्थामा फ्लाई दुबईले काठमाडौंका लागि दैनिक तीनवटा उडान भर्दै आएको थियो। तर, मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि नौवटा देशले उडान रोकेका थिए। विगत पाँच दिनमा मात्रै खाडी मुलुकका लागि विभिन्न सातवटा वायुसेवा कम्पनीका करिब ७० उडान रद्द भएका छन्।
    अहिले सुरक्षा मूल्यांकन र आवश्यक सावधानी अपनाएर यूएईका एयरलाइन्सहरूले क्रमशः उडान सुरु गरेका हुन्। सोहीअनुरूप नेपालतर्फको उडान पनि खुलाइएको छ। फ्लाई दुबईले आफ्ना यात्रुलाई उडान समय र विवरणका लागि सम्बन्धित कार्यालयसँग सम्पर्कमा रहन सुझाव दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend