२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत मतदान भएको अनुमान

प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत मतदान भएको अनुमान

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत मतदान भएको अनुमान गरेको छ । देशभरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । 
    मतदान सकिएपछि बिहीबार पत्रकार सम्मेलन मार्फत कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त जानकारी दिएका हुन् । ुविशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएको मितिमा, उत्साहजनक रूपमा सम्पन्न गराउने कार्य आफैमा चुनौतीपूर्ण थियो,ु भण्डारीले भने, ुदेशभरबाट प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यसको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ ।ु
    बिहीकार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ ।
    यो निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता थिए । १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक सिटका लागि बिहीबार मतदान भएको थियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend